काठमाडौं ल्याउने क्रममा प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक समातिए


२०८१ माघ ९ बुधबार १९:४८ बजे

काठमाडौं । काठमाडौं ल्याउने क्रममा सिन्धुलीबाट प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई प्रहरीले दुई दिनपछि समातेको छ । भोजपुरबाट काठमाडौं ल्याउने क्रममा सिन्धुलीको गोलन्जोरबाट फरार उनलाई प्रहरीले २४ घण्टाभित्रै नियन्त्रणमा लिएको हो । सिन्धुलीका एसपी गोविन्द काफ्लेले गाडी चढेर काठमाडौं जानेक्रममा प्रहरी चौकी गढीको टोलीले उनलाई नियन्त्रणमा लिएको बताए । 

मंगलबार बिहानै भागेका उनी जंगलमा बसेको र पछि मुख्य सडकमा देखिएको खबर पाएसँगै प्रहरीले निगरानी बढाएको एसपी काफ्लेको भनाई छ । २५ वर्षीय ग्लोरीलाई भोजपुर प्रहरीले माघ ७ गते पौवादुम्मा गाउँपालिकाबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हवल्दारको कमाण्डमा को १ झ ६१६ नम्बरको गाडीमा राखेर काठमाडौं पठाउने क्रममा शौच गर्ने बहानामा उनी फरार भएका थिए । उनलाई अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउने तयारी प्रहरीको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७