लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध ठगी मुद्दा दर्ता


२०८१ माघ ९ बुधबार २१:४६ बजे

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग सरकारी वकिलको कार्यालयले लगाएको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको छ ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रतिवादीसँग बिहीबार बयान हुने जानकारी दिए ।   गत पुस २५ गने पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७