पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन


२०८१ माघ ८ मंगलबार २२:३८ बजे

बागलुङ । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए ।

मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए । पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए ।

विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला उनी राज्यमन्त्री भएका थिए ।
एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्ष समेत भएका थिए । हाल उनी कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७