नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धशतक
काठमाडौं । त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालकी पूजा महतोले अर्धशतक प्रहार गरेकी छन् । त्रिवि क्रिकेट मैदानमा उनले नेदरल्याण्ड्सविरुद्ध ४३ बलमा अर्धशतक बनाएकी हुन् ।
प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धसतक हो । पूजाले ४३ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनले ४ चौका प्रहार गरिन् । टस जितेर ब्याटिङ रोजेको नेपाल बलियो स्थितिमा ब्याटिङ गरिरहेको छ । सुरुमा ब्याटिङ गरेको नेपालले फेरि एक पटक खराब सुरूवात गर्दै ७ रनमा दुई विकेट गुमाएको थियो ।
\दवावको अवस्थाबाट कप्तान इन्दु बर्मा र पूजा महतोले नेपालको पारी सम्हालेका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दु ३७ बलमा ३९ रन बनाएर आउट भइन् । नेपालले १६.४ ओभरमा ३ विकेट गुमाउँदै १०६ रन जोडेको छ । अहिले क्रिजमा रुबिना क्षेत्रीले पुजालाई साथ दिइरहेकी छन् ।