मोटरसाइकल जोगाउन खोज्दा भित्तामा ठोक्कियो बस, एक जनाको मृत्यु
नुवाकोट । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । उनलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।
मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । लगभग १६-१७ जना दुर्घटनाबाट घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको ती प्रहरी अधिकारीले बताए । लगभग २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।