कालीकोटमा युवाबीच कुटाकुट हुँदा एकको मृत्यु

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। गए राति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको र १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा खाँडाचक्र–९ का विवेक मल्ल र दीपेन्द्र मल्ललाई पक्राउ गरेको छ। त्यस्तै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।