प्रधानमन्त्री कप क्रिकेट : आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य

रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ । आर्मीका तीर्थराज दास र विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको छ । आर्मीका ओपनर तीर्थराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउँदा कप्तान समेत रहेका विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाए । यसैगरी भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन प्रहार गरे ।
बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिए भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिँदै ३ विकेट लिनुभयो । सुनिल धमला २ विकेट लिए । दुई खेल खेलेको आर्मीको टोली दुबैमा जित निकाल्दै ४ अंकसहित प्रतियोगिताको अंक तालिकामा शिर्ष स्थानमा रहेको छ भने २ खेल नै खेलेको कर्णाली १ वटामा जित र १ वटामा हार ब्यहोर्दै २ अंकसहित अंक तालिकामा ५ औं स्थानमा रहेको छ ।