होलीमा काठमाडौंबाट २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारीसाधन ‘होल्ड’


२०८१ फाल्गुण २९ बिहीबार २१:०८ बजे
होलीका दिन आज ट्राफिक जाँच गरिंदै ।

काठमाडौं । होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरीले काठमाडौंबाट २४ जनालाई नियन्त्रणमा लिएको छ । होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक  र जनपद गरी  दुई हजार सात सय बढी प्रहरी परिचालन भएका थिए ।

अपराह्न ४ बजेसम्म २४ जना पुरूषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका सबै पुरूष छन् । त्यस्तै चारपांग्रे र दुई पांग्रे गरी १४३ वटा सवारी साधनलाई होल्ड गरिएको एसपी बोहराले जानकारी दिए । तीमध्ये ९९ सवारीसाधनलाई होल्डमै राखेर बाँकीलाई प्रक्रिया पुर्‍याएर छाडिएको एसपी बोहराले बताए ।

होल्डमा रहेका १३८ दुई पांग्रेमध्ये ४२ वटा सवारी साधन छाडिएको छ भने  ५ वटा चार पांग्रे सवारी साधनमध्ये एउटा मात्रै छाडिएको छ । बाँकी सवारी साधनलाई प्रक्रिया पुर्‍याएर साँझसम्म छाड्ने जनाइएको छ । ‘लाइसेन्स नभएका छन् भने लाइसेन्स भएका उनीहरूका आफन्तलाई र मापसे गरेका छन् भने नगरेकाहरूलाई बोलाउन लगाएर सवारी साधन जिम्मा लगाएर छाडिन्छ,’ एसपी बोहराले भने । नियन्त्रणमा लिइएका मानिसहरूलाई पनि बेलुकासम्म छाडिने उनले बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७