त्रिवि विश्वविद्यालय क्याम्पस र्कीतिपुरको स्ववियु निर्वाचन सर्‍यो


२०८१ चैत ३ आइतबार ०३:२४ बजे

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने गरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७