प्रधानमन्त्रीले कविताबाट खोजे ‘भाइमारा र मूर्ति चोर’ 


२०८१ चैत ४ सोमबार २१:२२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चलखेल भइरहेको भन्दै राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापनमा प्रधानमन्त्री ओलीले कविता प्रस्तुत गरेका हुन् । 

प्रधानमन्त्रीले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजिएको समेत कवितामार्फत भन्न खोजेका छन् । उनले भनेका छन् । कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन् । सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नु परेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

तानातान छ, गतिको रथ र पाङ्ग्राको

अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्

आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन्

ओहो भाषा !

भनभन ! साँचो झुटो

सहरमा खोजी भइरहेछ हराएको मूर्तिको

मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको

खोजी भइरहेछ भाइमाराको

राष्ट्रिय पकेटमाराको !
अञ्जुलीभित्र सजाएर राखेको नेपाल

यसको स्पन्दन केन्द्र मुटु काठमाडौं

एउटा बृहत् मिलन, सम्मिलन

एउटा संकल्प सुवर्ण हिमवत्खण्डको

कथा– हाँगाबाट भुईंमा

भुईंबाट गुफामा, गुफाबाट यहाँसम्म

एउटा लामो यात्रा, यात्राको वर्णन !

प्रेम, घृणा, लडाइँ !

उन्माद,आर्तनाद !

कठिन तर गौरवको यात्रा

प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !

तर, समय फेरिएको छ

सहरले धेरै कुरा बिर्सिएको छ

नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ

आजकाल सहरमा ’काग काग’ कराउँदै उडिरहेछन्

आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन्

ओहो भाषा !

भनभन ! साँचो झुटो

सहरमा खोजी भइरहेछ हराएको मुर्तिको

मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको

खोजी भइरहेछ भाइमाराको

राष्ट्रिय पकेटमाराको !

तानातान छ, गतिको रथ र पाङ्ग्राको

अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !

तर,

हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ

अघि बढ्ने बाटो खोजिरहेछ

अलि पर एउटा स्पष्ट गन्तव्य

सबै कुरा छोडेर त्यही छुन

एउटा यात्रा, एउटै गन्तव्य

एउटा यो सानो सम्मिलन

संकल्प सुवर्ण हिमवत्खण्डको !
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७