दिनेश भट्ट विपद प्राधिकरणको सीईओ नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् ।
आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो । यसअघि अनिल पोखरेल कार्यकारी निर्देशक थिए ।
कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो । भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन् । उनीसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ ।