आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस


२०८१ चैत ७ बिहीबार १९:२३ बजे

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुशी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने संकल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुशीको महत्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुशीलाई लक्ष्यको रूपमा अपनाएको थियो । 

फ्रान्सेली भाषा दिवस
आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघले विभिन्न छ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिस भाषा दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्नेलगायतका काम गरिन्छ । ‘एजेन्सी फर कल्चरल एण्ड टेक्निकल कोअपरेसन’ स्थापना भएको दिनको प्रतीकका रुपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन सुरु गरिएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७