कर्णालीका २६ क्याम्पसको नतिजा : कहाँ कसले जिते ? (सूचीसहित)


२०८१ चैत ७ बिहीबार ०७:०६ बजे
डोल्पो क्याम्पस डोल्पाको स्ववियु अध्यक्षता निर्वाचित गोकर्ण बुढाथोकीलगायत विद्यार्थी नेता ।

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले सबै भन्दा बढी स्थान जितेको छ ।

माओवादी निकट अखिल (क्रान्तिकारी) ले कर्णालीका २६ क्याम्पसमा सम्पन्न स्ववियू चुनावमध्ये १२ वटामा विजयी हुँदै वर्चश्व कायम गरेको छ । निर्वाचन परिणामअनुसार क्रान्तिकारीले १२ क्याम्पसमा जित हात पार्न सफल भएको छ भने एमाले निकट अनेरास्ववियुले ८ र कांग्रेस निकट नेविसंघले ६ क्याम्पसमा नेतृत्व लिएको छ ।

क्रान्तिकारीले रुकुम पश्चिम, हुम्ला, सल्यान, डोल्पा, जुम्ला, र कालिकोटका १२ क्याम्पसमा जित निकाल्दै आफ्नो पकड बलियो बनाएको छ । शीतल क्याम्पस चौरजहारीमा प्रकाश डाँगी, सूर्योदय क्याम्पस हुम्लामा रीमिलाल बुढा, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, र जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा बसराज बोहराले जित दर्ता गराएका छन् ।

एमाले निकट अनेरास्ववियु ८ क्याम्पसमा विजयी भएको छ।  सुर्खेतका सिम्ता बहुमुखी क्याम्पसमा रुद्र रावत, हिमशिखर क्याम्पसमा मिना रावत, जुम्ला बहुमुखी क्याम्पसमा लोकेन्द्र बुढा, र सल्यान बहुमुखी क्याम्पसमा विशाल पुन मगरले नेतृत्व लिएका छन् ।

कांग्रेस निकट नेविसंघले पनि ६ क्याम्पसमा जित हात पार्दै सशक्त उपस्थिति जनाएको छ । गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा मोहन विष्ट, नलगाड बहुमुखी क्याम्पस सल्यानमा विशाल विक्रम चनारा, र मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा सागर कुमार शाही विजयी भएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कर्णालीका ३३ क्याम्पसमध्ये ७ क्याम्पसमा विभिन्न कारणले चुनाव हुन सकेको छैन । स्ववियु चुनावमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । क्रान्तिकारीले अग्रता कायम गरे पनि अनेरास्ववियु र नेविसंघले समेत आफ्नो प्रभाव जमाएका छन् । क्याम्पस तहमा विद्यार्थी नेतृत्वले आगामी दिनमा शैक्षिक सुधार, विद्यार्थी अधिकार, र नीतिगत सुधारमा कस्तो भूमिका खेल्छ भन्ने विषय चासोको विषय हुनेछ । 

अखिल (क्रान्तिकारी) ले जितेका क्याम्पस
१) शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिम–प्रकाश डाँगी
२) राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिम–सुप्रिम ओली
३) सानोभेरी शिक्षा क्याम्पस रुकुम –बिरभान भण्डारी
४) सिम्रुतु शिक्षा क्याम्पस रुकुम–दिपेन्द्र ओली
५) सूर्योदय क्याम्पस श्रीनगर हुम्ला–रीमिलाल बुढा
६) बनगाड क्याम्पस सल्यान–जीवन बिष्ट
७) लिकु संयुक्त क्याम्पस डोल्पा–राजेन्द्र गिरी  
८) सिंजा बहुमुखी क्याम्पस जुम्ला–सन्तोष आचार्य
९) स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम–टेकराज विश्कर्मा
१०) जनकल्याण क्याम्पस सल्यान–गणेश ओली
११) जनचेतना बहुमुखी क्याम्पस कालिकोट–बसराज बोहरा
१२) फारुल्ला बहुमुखी क्याम्पस सल्यान–हिमा शर्मा

एमाले निकट (अनेरास्ववियु) ले जितेका क्याम्पस
१) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत–रुद्र रावत
२) हिमशिखर क्याम्पस सुर्खेत–मिना रावत
३) शारदा क्याम्पस सल्यान–विश्व खड्का
४) अमरदीप क्याम्पस सुर्खेत–विशाल रावत
५) जुम्ला बहुमुखी क्याम्पस जुम्ला– लोकेन्द्र बुढा
६) सल्यान बहुमुखी क्याम्पस सल्यान–विशाल पुन मगर
७) हिमज्योति बहुमुखी क्याम्पस हुम्ला–जयराज सञ्ज्याल
८) डोल्पो क्याम्पस डोल्पा–गोकर्ण बुढाथोकी

कांग्रेस निकट (नेविसंघ)ले जितेका क्याम्पसहरू
१)  गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत–मोहन बिष्ट
२) नलगाड बहुमुखी क्याम्पस सल्यान–विशाल विक्रम चनारा
३) मानसरोवर बहुमुखी क्याम्पस हुम्ला–सागरकुमार शाही
४) कपुरकोट बहुमुखी क्याम्पस सल्यान–दीपेन्द्र बुढा मगर
५) शिवजन क्याम्पस सल्यान–संजय हमाल
६) चतुर्वेद हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु–धनचन्द्र कार्की

चुनाव हुन नसकेका क्याम्पसहरू
१. सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत
२. नन्दादेवी बहुमुखी क्याम्पस नरहरीनाथ गाउँपालिका कालिकोट
३.चामुण्डा क्याम्पस चामुण्डाबिन्द्रासैनी दैलेख
४. आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख
५. द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख
६. जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम
७. रुकुमेली क्याम्पस, खलङ्गा रुकुम पश्चिम
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७