स्ववियु मतपरिणाम

उपत्यकाका १३ क्याम्पसको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?


२०८१ चैत ६ बुधबार ०५:०५ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएकामध्ये १३ वटा क्याम्पसहरूको आधिकारिक नतिजा सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार अखिल क्रान्तिकारीले पाँच क्याम्पसमा जित हासिल गरेको छ । अखिलबाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन् ।

यस्तै नेविसंघबाट थापाथली इन्जिनयरिङ क्याम्पसमा प्रल्हाद खड्का, महारजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशाान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का विजयी भएका छन् ।अनेरास्ववियुबाट नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष पौडेल विजयी भएका छन् । पुल्चोक इन्जिनयरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवरा स्वयं श्रेष्ठ विजयी भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७