पीएन क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते

पोखरा । त्रिभुवन विश्व विद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ ।
विद्यार्थी संगठनको विवादका कारण रोकिएको ‘पीएन’ क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकिएको हो ।क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको बताएका हुन् । नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ ।
निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने पनि बताइएको छ । त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यस दिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि पोखरेलले जारी सूचनामा भनिएको छ ।