कंगोमा सशस्त्र समूहको आक्रमणमा परेकालाई नेपाली सेनाले गर्‍यो उद्धार


२०८१ चैत १४ बिहीबार ०४:५३ बजे
तस्वीर : नेपाली सेना

काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गाण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुर्‍याएको हो । 

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ । लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७