सिंहदरबारमा गणतन्त्र पक्षधर दलहरूको बैठक जारी


२०८१ चैत १७ आइतबार २३:०६ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सुरू भएको छ । तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षमा डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकमा उपस्थित छन्। बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७