इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अर्का इन्स्पेक्टर र हवल्दार कारागार चलान


२०८१ चैत १३ बुधबार १३:३३ बजे

पोखरा । पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जना प्रतिवादी कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार आत्महत्या दुरुत्साहन मुद्दामा तनहुँ भानु नगरपालिकास्थित सशस्त्रको नम्बर–२३, मनकामना गणमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र पोखरा–१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत् हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी उनी गत १० फागुनमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकको महिला शौचालय नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । विवेकसँग महतको प्रेम सम्बन्ध रहेको दाबीसहित उनीविरुद्ध महत परिवारले घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएको थियो । घटनाको अनुसन्धानका लागि जोशीसहित शाही पक्राउ परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७