रास्वपाले बोलायो आकस्मिक बैठक


२०८१ चैत १६ शनिबार ०१:०८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएको हुनाले यो बैठक भर्चुअल माध्यमबाट हुने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुने पनि उनले जानकारी दिए । शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक भएपछि त्यसलाई अक्षम्य भनी रास्वपाले प्रारम्भिक प्रतिक्रिया दिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७