त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी


१०:१५ बजे

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् ।  नेविसंघको तर्फबाट उम्मेदवार बनेका दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेको तत्कालीन स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।

नेकपा एमाले निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए । त्यस्तै नेकपा माओवादी निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उज्जल खड्काले ७१७ मत ल्याएका हुन् । कुल ३११८ मत खसेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७