मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो। यसअघि शुक्रबार आकस्मिक बैठक बसेको थियो । काठमाडौंको तीनकुनेमा भएको घटनालाई लिएर उक्त बैठक बसेको थियो । त्यसपछि यो नियमित बैठक बस्न लागेको हो ।
अघिल्लो बैठकले राजावादीहरूबाट भएको हिंसात्मक घटना, लुटपाट, तोडफोड र आगजानीका घटनाको निन्दा गर्दै त्यससम्बन्धी सत्यतथ्य छानबिन गर्ने निर्णय गरेको थियो। यो घटनामा संलग्नहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यस्तै शुक्रबारको घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ ।