दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक

‘शुक्रबारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो’


२०८१ चैत १६ शनिबार ०१:०१ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।’

अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । ‘यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ’, लेखकले भने ।  मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए । प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौँ ।’ यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्रकै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७