रूसी राष्ट्रपति पुटिन  भारत भ्रमणमा निस्कँदै


२०८१ चैत १५ शुक्रबार ०८:३२ बजे

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदै छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको बताएका हुन् ।

‘अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणको प्रबन्ध मिलाइएको छ,’ लाभरोभले रूसी अन्तर्राष्ट्रिय मामिला परिषदद्वारा आयोजित ‘रसिया र भारतः नयाँ द्विपक्षीय एजेण्डा’ शीर्षकको सम्मेलनमा आफ्नो भिडियो सम्बोधनमा भने । रुसी विदेशमन्त्रीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले भन्यो, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारत सरकार प्रमुखको भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन् । रुसी राष्ट्रपतिको भारत भ्रमणको तयारी भइरहेको छ ।’

विदेशमन्त्री लाभरोभले गत वर्ष लगातार तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको पहिलो विदेश भ्रमण रुस भएको स्मरण गरेका थिए । उनले भने, ‘अब हाम्रो पालो हो ।’ तर, पुटिनको भारत भ्रमणको मिति भने अझै खुलाइएको छैन ।

प्रधानमन्त्री मोदीले गत वर्ष जुलाईमा रुसको भ्रमण गरेका थिए । जुन पछिल्लो ५ वर्षमा उनको यो देशको पहिलो भ्रमण थियो । यसअघि उनले सन् २०१९ मा सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको आर्थिक सम्मेलनमा भाग लिन गएका थिए । आफ्नो पछिल्लो भ्रमणका क्रममा मोदीले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए । यसअघि मार्च २४ मा विदेशमन्त्री लाभरोभले रुसले आफ्नो नजिकको मित्र भारतसँग ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ विकास गरिरहेको समेत बताएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७