प्रधानमन्त्रीले आज कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिने


०१:२६ बजे

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एक सातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन् । सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ । राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ । 

कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन् । अदालतले उनको रिट निवेदन सुनुवाइ गर्ने मंगलबारका लागि पेसी तोकेको छ । यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्व साझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’ मा परेको हो । शाक्यको रिट पनि सोही इजलासमा परेको थियो । त्यसैले उक्त रिटमा पनि मंगलबार नै सुनुवाइ हुनेछ । शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७