बेपत्ता भनिएकी गर्भवती युवतीको शव गाडिएको अवस्थामा भेटियो


२०८१ चैत १५ शुक्रबार ०९:४५ बजे

इलाम  । बेपत्ता भनिएकी इलाम फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीय विमला कट्टेलको शव गाडिएको अवस्थामा भेटिएको छ ।  गर्भवती समेत रहेकी विमला हराएको १५ दिनपछि गाडिएको अवस्थामा भेटिएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा आज फेला परेको छ । फाकफोकथुम गाउँपालिका–२ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा महिलाको शव फेला परेको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ । शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ । इलामको देउमाई नगरपालिका जितपुर माइत भएकी विमला गएको चैत्र १ गतेदेखि बेपत्ता रहेको जनाइएको छ । महिला हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा बुहारी हराएको उजुरी दिएका थिए । विमलाका श्रीमान उमेश गिरीले मारेर गाडेको बयान दिएको प्रहरीले जनाएको छ ।  प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ  । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७