रवि आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै


०२:३२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देखि पार्टी जिम्मेवारीमा फर्कदै छन् ।  सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए ।

उनले उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकेका थिए । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ ।

सोमबारको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन् । लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आ–आफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।

चौंथो कार्यसूचीमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्ने कार्यसूची छ । पाँचौं एजेण्डामा अधिवेशन-महाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ । रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने भनेर तयारी गरे पनि कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशन हुन सकेको छैन। अहिलेसम्म ५ वटा पालिकाको अधिवेशन सकिएको छ । यस्तै विविध प्रस्तावमाथि विभिन्न विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७