समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल किन नहुने भए सहभागी ?


२०८१ चैत १५ शुक्रबार १०:४२ बजे

काठमाडौं । समाजवादी मोर्चाले आज (शुक्रबार) काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ । तर, खनाल त्यहाँ उपस्थित नहुने भएका हुन् ।

त्यसअघि मोर्चा घटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन् । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ । एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कनेछ । उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्री समेत रहेका खनाल नजाने बताएका छन् ।

आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नठानेको उनले बताएका छन् । यद्यपि कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको उनले बताए । आजको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बोल्ने कार्यसूची छ । ‘प्रतिगनमन र यथास्थितिवादीविरूद्ध भएको प्रदर्शनमा मेरो समर्थन छ । तर म जुलुस र सभामा उपस्थित हुन सक्दिनँ,’ उनले भने, ‘सभामा चार वटा पार्टीको अध्यक्षहरू मात्रै बोल्ने कार्यसूची रहेछ । दर्शक मात्रै बन्न म जाँदिन ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७