सुरु भयो चियाको पहिलो टिपाइ


२०८१ चैत १५ शुक्रबार १०:३० बजे

इलाम । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । 

गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ । 

जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन् । 

इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चिया खेती भइरहेको छ । जसमा १४ हजार ८९८ साना किसान चिया खेतीमा संलग्न छन् । तथ्याङ्कअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७