सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध छ : आईजीपी अर्याल


०९:०० बजे

धरान । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले जस्तोसुकै परिस्थितिमा पनि सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध भएको बताएका छन् । आज (सोमबार) सुनसरीको पकलीस्थित नम्बर–१ बराह बाहिनि मुख्यालयको २४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

सशस्त्र प्रहरी देशको बिषम परिस्थितिमा जन्मिएको स्मरण गर्दै आईजीपी अर्यालले देश र जनताको रक्षा गर्न र शान्ति सुरक्षा प्रदान गर्न कसैसँग सम्झौता नगर्ने बताए । उनले देश र जनताको सुरक्षामा सतिसालझैं खडा हुन पनि सशस्त्र प्रहरीहरूलाई निर्देशन दिए । 

अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न र प्रतिबन्धित लागूऔषध कारोबार निमिट्यान्न बनाउन पनि कोशी प्रदेशका सशस्त्र प्रहरीलाई निर्देशन दिए । आईजीपी अर्यालले जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई आर्थिक लेनदेनका क्रियाकलापमा नलाग्न पनि सचेत गराएका छन् । उनले राजस्व छलि गर्नेहरूलाई पक्राउ गर्नुका साथै अवैध समान बरामद गरी सरकारी आम्दानी बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए । 

आईजीपी अर्यालले चैत १३ गते इटहरीको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं र सशस्त्र प्रहरी सहायक हवलदार भरत काफ्लेलाई पुरस्कार प्रदान गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७