राजावादी गतिविधिविरुद्ध एमालेको मोटरसाइकल र्याली {तस्वीरहरु}

काठमाडौं । सत्तारुढ नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो । र्यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवेलगायत पनि पुगेका थिए ।
एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार देशव्यापी रुपमा र्याली निकालेको हो । पार्टीको अभियान अन्तर्गत एमालेले आज यो कार्यक्रम गरेका हुन् । नेकपा एमालेको मोटरसाइकल र्यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ । एमालेको भातृसंस्था युवा संघको अगुवाईमा राजावादीरूको हिंसाविरुद्ध मोटरसाइकल र्याली आयोजना गरिएको एमालेले जनाएको छ । मोटरसाइकल र्यालीबाट सिनामंगल–कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर–बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो ।
एमाले महासचिव शंकर पोखरेलले राजावादी प्रदर्शनका विरुद्ध देशभरि जागरणसभा र मोटरसाइकल र्याली गरेको जानकारी दिएको छ । महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैनलगायत नारा सार्वजनिक गरेका थिए ।