पर्साको मुद्दालाई सरकारले हतियार बनाएर राखिरहेको छ : सभापति लामिछाने


२१:०४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पर्साको सानोपाइला सहकारीको मुद्दालाई सरकारले हतियारको रूपमा राखिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई मंगलबार भेटेर आफ्नो निलम्बन फुकुवाको माग गरेका थिए । सभामुखलाई भेटेर निस्किँदै गर्दा उनले सानोपाइला बचत सहकारीको मुद्दामा बिलम्ब गरिएको भन्दै असन्तुष्टी जनाएका हुन् । 

‘पर्साको बिलम्बलाई तपाईंहरूले कसरी हेर्नु भएको छ, आम जनताले जसरी हेरेको छ । मेरो हेराइ पनि त्यही भन्दा फरक कहाँ छ र ! सकेसम्म कानुनी प्रक्रियाहरू टुंगिउन, मुद्दा कहाँ–कहाँ लगाउने हो लगाऊन्।  त्यो सबै सकेर अनि आउँ भनेर कुरेर बसेको,’ उनले भने, ‘किनभने अदालतलाई पनि सम्मान गर्नपर्‍यो । कतिपय प्रश्नहरू पनि आउला भनेर कुरिरहेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर, पर्सा चाँहि, हदम्याद छ, झुण्ड्याइराखेको छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई सबै थाहा छ नि ।’

लामिछाने पक्राउ परेपछि पर्सा प्रहरीले पनि बयान लिएको थियो । तर अझै पनि मुद्दा भने दर्ता गरेको छैन । त्यस्तै एकै पटक चार वटा मुद्दा दर्ता भएकाले एकै दिनमा चार वटा अदालतमा हाजिर हुन कठिन हुने पनि उनले बताएका छन् ।
कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत र चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भई उनी पुर्पक्षको लागि धरौटीमा छुटेका थिए । पुर्पक्षको लागि धरौटीमा छाड्ने आदेशलाई बदर गरी साधरण तारेखमा राख्न लामिछानेले र थुनामा राख्न माग गरी सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएका छन् ।

त्यसैको पेसीको विषयमा उनले एकै जना चार वटा अदालतमा धाउन कठिन भएको बताएका हुन् । ‘बिहीबारको दिन म एक जना मान्छे । चार–चार वटा अदालतमा, अर्को मुद्दा लागेपछि पाँच वटा हुन्छ । उच्च अदालतमा हाजिर हुनपर्छ । सम्भव छ ? एकै दिन । एउटा मान्छे एकै दिन चार ठाउँमा जान पर्छ, सम्भव छ ?,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७