प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान {तस्वीरहरु}


२०:५५ बजे
तस्वीरहरु : आशिष पौडेल / रत्न श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा भाग लिन आज (मंगलबार) बैंककतर्फ प्रस्थान गरेका छन्।  

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा ओली थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमणमा निस्किएका हुन् ।

 प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो।प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । ओलीलाई बिदाइ गर्दै नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो । 

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्तामा सहभागी भई पर्यटन र संस्कृतिका सन्दर्भमा २ र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने जनाइएको छ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्यान्डका नरेशसँगको भेटपछि एक दिने औपचारिक भ्रमण सकिनेछ ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै सोही दिन ओलीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधनको कार्यक्रम छ । शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म अन्य देशका राष्ट्रप्रमुखलगायतसँग साइडलाइन वार्ता गर्ने तयारी छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा ओली सहभागी हुनेछन्। त्यस्तै साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुने तालिका छ ।  


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७