तीनकुने घटना : थप २० जना पक्राउ (नामसहित)


२०:५५ बजे

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ । यसअघि सोमकार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह छन् ।

त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७