हिउँदे अधिवेशनमा २७ वैठक : देउवासहित यी सात सांसद बढी गयल


२०:५३ बजे

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले १० पटकभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको सार्वजनिक गरेका छन् ।

त्यसमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन् । देउवासहित अधिवेशन सात सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका छन् । हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठक बसे। २७ मध्ये ११ वटा बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहे ।

सभामुख घिमिरेका अनुसार देउवाले पार्टीका काममा व्यस्त रहेकाले संसद बैठकमा उपस्थित हुन नसकेको कारण देखाएका छन् । जसलाई सभाले स्वीकृत गरेको छ । प्रतिनिधि सभा नियमावलीको नियम २१३ मा अनुपस्थितिको सूचना दिनुपर्ने सम्बन्धी व्यवस्था छ ।

मनोरमा शेरचन–२७ दिन
लिलादेवी बोखिम लिम्बू–१४ दिन
सरस्वती बजिमय–११ दिन
रमेश रिजाल–१२ दिन
दीपक बोहरा–२१ दिन
शेरबहादुर देउवा–११ दिन
गीता बस्नेत–२७ दिन
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७