तीनकुनेमा सुरक्षा फौजले न्यून क्षतिमा स्थिति नियन्त्रण गर्‍यो : महानिरीक्षक अर्याल


२२:४६ बजे

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा सुरक्षा फौजले न्यून क्षतिमा स्थिति नियन्त्रणमा लिएको बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनास्थलमा सुरक्षाकर्मी पुग्दा प्रहरीमाथि नै आक्रमण भएको र त्यसपछि बल प्रयोग गर्नुपरेको स्पष्ट पारे ।

‘सुरुमा नै सभास्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ,’ उनले भने । महानिरीक्षक अर्यालका अनुसार घटनालाई ३ देखि ४ घण्टामा नियन्त्रणमा लिइएको थियो । 

‘सुरक्षा फौजले कम क्षतिमा काम गर्ने प्रयास गरेको छ । तर, ग्यास गन लुटिएको छ र घाइते सुरक्षाकर्मीलाई अस्पताल पुर्‍याउनसमेत अवरोध भएको थियो,’ उनले भने । उनले सुरक्षामा कम बल प्रयोग गर्दा र बढी प्रयोग गर्दा दुवै अवस्थामा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै सुरक्षा कमजोरी भए आन्तरिक रूपमा समाधान गर्नुपर्ने र बाहिर गए राष्ट्रिय सुरक्षामा असर पर्ने बताए ।

तीनकुनेको आगलागी भएको भवनको सन्दर्भमा उनले भने, ‘भवनको तेस्रो तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको थियो । धेरै पटक पुग्दा पनि भेटिएन । दमकलमा आगो लगाउने प्रयास हुँदा थप समस्या भयो ।’ उनले भित्र मानिस भएको आशा नभएको र तल आउँदा निस्सासिएको अवस्था देखिएको बताए । 

‘मृत्यु भएको शव निकाल्न जोखिम मोलिन्छ भने जीवित भएको थाहा भएको भए उद्धारमा नजाने भन्ने हुँदैन,’ उनले भने। सशस्त्र प्रहरी संगठनमा साधनस्रोतको अभाव रहेको गुनासो गर्दै अर्यालले समितिमार्फत सरकारलाई निर्देशन गए साधनस्रोतको सूची उपलब्ध गराउन तयार रहेको समेत उनले स्पष्ट पारेका छन् । ‘प्रहरी संगठनलाई साधनस्रोत अभाव छ । यसै समितिबाट सरकारलाई निर्देशन गयो भने हामी सूची बुझाउँछौं,’ समितिको बैठकमा उनले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७