जीप सडकबाट खस्दा दुईको मृत्यु, १५ जना घाइते

दोलखा । रामेछापको मन्थली नगरपालिका–२ र ३ को सीमाना ठाँटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बिहीबार अपराह्न मन्थली–३ को ऐरमवास देवीथान पूजाबाट फर्किदै गरेको बा १६ च ६४७६ नम्बरको जीप दुर्घटना हुँदा मन्थली–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र वर्ष १२ की भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । जीप तीव्र गतिका कारण अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।