अर्थ मन्त्रालयको सुझाव : कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याए ६० अर्ब बचत हुनेछ


२०८२ बैशाख ६ शुक्रबार १४:३९ बजे

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर एकै पटक ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउन अर्थ मन्त्रालयले सुझाव दिएको छ। निजामती विधेयक हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले निजामती कर्मचारीको अवकाश उमेर तीन चरणमा ५८ बाट ६० वर्ष पुर्‍याउन सुझाव दिएको छ । एकै पटक अवकाश उमेर बढाउँदा राज्यकोषलाई फाइदा हुने अर्थ मन्त्रालयले सुझाव दिएको हो ।

शुक्रबार समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले एकै पटक अवकाश उमेर बढाउँदा राज्यलाई ५०-६० अर्ब रकम बचत हुने बताएका छन् । अवकाश ५८ बाट ६० वर्ष पुर्‍याउने सहमति जुटेको छ । तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ । ६-६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एक-एक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू  गर्न सुझाएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७