धवलशमशेर राणालाई छाड्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । क्यान्सरका बिरामी राणाको नियमित ‘फलोअप’ गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ । गत चैत्र १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।