शिक्षकका माग पूरा गर्न संसदको विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड


१८:४६ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए ।

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताए । अध्यक्ष प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् । माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गर्दै उनले शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताए ।

‘शिक्षहरूलाई बधाइ भन्न चाहन्छु । तपाईंहरूले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के गर्नुपर्छ गर्नुस् । हामी तपाईंहरूको साथमा छौं,’ उनले भने । उनले अगाडि भने, ‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन । प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु । सरकारले शिक्षकहरूलाई सताउने काम नगरोस् ।’ नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७