सुरेश रजकको परिवारलाई भेटेर देउवाले भने–दोषी कसैलाई छाडिँदैन


१८:५१ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छाड्न नहुने बताएका छन् । आज (आइतबार) तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै सभापति देउवाले दोषी कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय नै रहेको सुनाए । उनले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनासहित धेरै निजी संरचना ध्वस्त पारिएको बताए । रजकको परिवारले घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेको थिए । रजकको परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७