त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत


२०८१ चैत २८ बिहीबार १४:०९ बजे

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीले उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले विहीबार राजीनामा स्वीकृत भएको जनाएको छ । मेरिटको आधारमा उपकुलपति नियुक्त बरालले स्वास्थ्यको कारण देखाउदै राजीनामा पत्र प्रधानमन्त्रीको सचिवालयमा बुझाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा ओलीले बिहीबार स्वीकृत गरेका हुन् ।  

बरालले चैत १५ गते उपकुलपति प्राडा बरालले पदबाट राजीनामा दिएका थिए । उनले सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाएका थिए । ओली प्रधानमन्त्री भएयता उनीसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । गत मंसिर २७ गते प्रधानमन्त्री ओलीले सिनेट बैठकमै ‘त्रिविको स्वायत्तता व्यक्तिगत होइन, मेरिटोक्रेसीका नाममा नाटक चल्दैन’ भनी टिप्पणी गरेका थिए । त्यतिखेर डिन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा विवाद चलिरहेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७