धरानको जंगलमा मृत भेटिएकी चुनकुमारीको हत्या, देवर–देउरानी र नन्द पक्राउ


२०८१ चैत २९ शुक्रबार २१:०२ बजे

 सुनसरी ।  सुनसरीको धरान–६ स्थित पाँचकन्या जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या भएको खुलासा भएको छ । पाँचकन्या जङ्गल रुखको फेदमा अडेस लागेको अवस्थामा मृत भेटिएकी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर, देवरानीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका एक जना परिवारका सदस्य भन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका देवर, देवरानी, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो ।

घटनामा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाइएको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो १२ः३० बजेतिर अर्धनग्न अवस्थामा चुनकुमारी मृत भेटिएकी थिइन् ।
चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुर्‍याई हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाइरहेकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७