दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट ‘सुटुक्क’ बाहिर निकालियो


२०८१ चैत २९ शुक्रबार २१:३५ बजे

काठमाडौं । काठमाडौं तीनकुनेको हिंसात्मक आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई प्रहरीले काठमाडौं ल्याइएको छ । उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको विमानमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो । उनलाई सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर निकालेको छ । अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ । प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ । प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७