ललितपुरमा ११ वर्षीया बालिकाको शव पानीट्याङ्कीभित्र भेटियो


२०८१ चैत २९ शुक्रबार २३:३० बजे

काठमाडौं । ललितपुरमा एक ११ वर्षीया बालिका मृत भेटिएकी छन् । शुक्रबार बिहान करिब १० बजेतिर ललितपुर महानगरपालिकास्थित मंगलबजारमा एक जना बालिका मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार शव पानी ट्यांकीभित्र फेला परेको हो । मृतक बझाङ घर भई ललितपुर बस्दै आएकी ११ वर्षीया दुर्गा बोहरा हुन् । उनी केही समयदेखि सम्पर्कविहीन थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७