चट्याङ लागेर छोराको मृत्यु, बुबा घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर पश्चिम मकवानपुरको मनहरीमा एक जनाको ज्यान गएको हो । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन्।
प्रहरीको अनुसार मनहरी–५ बसन्तपुरमा आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा थिङको चट्याङको कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङका कारण थिङका बुबा सिहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले सामान्य घाईते भएका छन् ।