रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने झाले बताएका छन् । त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेग रिपोर्टिङ हुने झाले जानकारी दिए ।
आजको बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुने जनाइएको छ। एक व्यक्ति, एक पद कार्यान्वयनका लागि भन्दै सुमनाले पार्टी सहमहामन्त्री पदबाट राजीनामा पत्र बुझाएकी छन् । उनले आफू सांसद भएको र विधायकी भूमिका अहिलेको लागि महत्वपूर्ण रहेकाले त्यसमा समय दिनका लागि सहमहामन्त्री पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएको नेताहरूले जनाएका छन् ।