मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


२०८२ बैशाख १३ शुक्रबार २०:०८ बजे

मकवानपुर । हेटौँडा नारायणगढ सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गए राति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७