रविबारे रास्वपा : सरकार जसरी पनि थुन्नेमा लाग्यो, अवैध रुपमा हिरासतमा राखियो

‘कांग्रेस–एमाले मिल्दा देश झन बिग्रियो’


२०८२ बैशाख १३ शुक्रबार ०६:५६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय छानबिन समितिको निष्कर्ष र सिफारिस विपरीत चार जिल्लामा फरक–फरक मुद्दा र कानन टेकेर मुद्दा लगाइएको दाबी गरे।

उनले भने, ‘चितवनका मतदाताले अगाध विश्वासका साथ दिएको जिम्मेवारी निर्वाह गर्न नपाओस् भन्ने लागेरै होला, सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो । लोकतान्त्रिक राज्यले थुना बाहिरै रहेर मुद्दा लड्न पाउनेमा प्रोत्साहित गर्नुपर्ने हो । तर सरकार उहाँलाई जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो ।’ उनले पार्टी सभापतिलाई चैत २२ गते प्रहरीले गरेको पक्राउ कानन विपरीत रहेको समेत दाबी गरेका छन् । २२ गते पक्राउ गरेर २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले सभापति लामिछानेको दुई दिन, तीन रातको हिरासत स्वतः अवैध भएको बताए ।

अर्यालले संवैधानिक व्यवस्था भन्दा बाहिर गएर जबरजस्ती गरे मुलुकमा द्वन्द्व हुन सक्नेतर्फ ध्यानकर्षण गराएका छन् । उनले राजावादीप्रति लक्षित गर्दै सत्तामा आऊजाऊ गर्न वैधानिक बाटो रहेको बताए । ‘हाम्रो संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ । त्यसको प्रयोग गरेर जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्’, उनले भने, ‘योभन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ ।’ उनले अहिलेको मुख्य एजेण्डा रूपान्तरणका बाधकहरूको अन्त्य भएको सुनाए । ‘

अहिलेको मूल एजेण्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो । सुधारको सुरुवात संविधान सच्याएर गर्नुपर्छ’, उनले भने । तर, संविधान संशोधनबारे सरकारले विपक्षीसँग संवाद नै नगरेको उनले बताएका छन्। उनले दल नमिल्दा बिग्रिएको भन्ने भाष्य एमाले र कांग्रेस मिल्दा झन बिग्रिएको दाबी गरे । ‘ती दल मिल्दा त बिग्रिँदो रहेछ । सुशानसन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो’, उनले भने । अर्यालले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्ने नसकेको टिप्पणी गरे । उनले निजी क्षेत्रमा पनि सरकारप्रति विश्वास नभएको दाबी गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७