परीक्षा बोर्डलाई प्रधानमन्त्रीको निर्देशन : कक्षा १२ को परीक्षा सार्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको थियो । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको भएको थियो ।