सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना छैन : देउवा


२०८२ बैशाख १३ शुक्रबार २०:१८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल हुने कुनै सम्भावना नरहेको बताएका छन्। थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।

सत्ता समीकरण परिवर्तन हुँदैछ नि ? भन्ने पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘कसले भन्यो । मलाई थाहा छैन ।’ सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ । गत वैशाख ७ गते देउवा परिवारसहित थाइल्याण्ड गएका थिए । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने संसदीय दलको बैठकमा जानकारी गराएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७